२३जेठ काठमाडौ । नेपाली समय अनुसार सोमबार जून ५ को रातिदेखि सुरु भएको WWDC 2023 पनि विशेष रह्यो ।यसपटकको समारोहमा एप्पलले भर्चुअल रियालिटी हेडसेट देखि ल्यापटप उद्योगकै सबैभन्दा पातलो १५ इन्चको म्याकबुक सार्वजनिक गरेका छ ।
१५ इन्चको सबैभन्दा पातलो यो म्याकबुकको मूल्य १२ सय ९९ डलर तोकिएको छ ।क्यालिफोर्नियास्थित कुपर्टिनोमा रहेको एप्पल पार्कमा आगामी जून ९ सम्म चल्ने यो समारोहको एप्पल सीईओ टिम कुकले औपचारिक सुरुवात गरे ।१५ इन्चको म्याकबुक एयरको ब्याट्री लाईफ १८ घण्टा हुने दाबी गरिएको छ । साथै यसको डिस्प्ले २५ प्रतिशत भन्दा धेरै ब्राइट हुनुका साथै ब्याट्री लाइफ पुरानो संस्करणभन्दा ५० प्रतिशत धेरै भने ४० प्रतिशत पातलो छ । नयाँ म्याकबुक विभिन्न तीन वटा भेरिएन्टमा आउनेछ । नयाँ म्याकबुकका फिचर्समा :
· मोटाइ : ११.५ मिलिमिटर
· वजन : ३.३ पाउण्ड
· डिस्प्ले : १५.३ इन्च
· चमक : ५०० निट्स
· क्यामरा : १०८० पिक्सेल
· स्पिकर : ६ वटा
· प्रोसेसर : एम टू
नयाँ अपरेटिंग सिस्टम
WWDC 2023 मै एप्पलले नयाँ अपरेटिंग सिस्टम आईओएस १७ पनि सार्वजनिक गरेको छ । यस अपरेटिंग सिस्टममा एप्पलले विभिन्न नयाँ फिचर्स थप गरेको छ ।
रियालिटी हेडसेट
एप्पलले भर्चुअल रियालिटी हेडसेट पनि लञ्च गरेको छ, जसको नाम Vision Pro हो । यो एउटा AR-VR हेडसेट हो । यसमा अग्मेन्टेड रियालिटी तथा मिक्स्ड रियालिटीको प्रयोग गरिएको छ ।सीईओ टिम कुकले एप्पलको भिजन प्रो हेडसेट एक नयाँ सुरुवात भएको दाबी गरेका छन् ।