२४ जेठ काठमाडौ । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक बढेको छ। मंगलबार २५.६६ अंक बढेर १९२७.६५ विन्दुमा बन्द भएको नेप्से, सेसनमा १.५१ अंक बढेर १९२९.१६ विन्दुमा पुगेको छ। सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१६ अंक बढेको छ। बुधबार प्रि ओपन सेसनमा ११ स्टकको ५८ हजार २९४ रुपैयाँ ४० पैसाबराबरको २०८ कित्ता शेयर खरिदबिक्री भएको छ।