२४ जेठ काठमाडौ । सुनको भाउ निरन्तर दोश्रो दिन वृद्धि भएको छ ।बुधबार सुन तोलामा २०० रुपैयाँले बढेको हो । चाँदीको भाउ पनि यस दिन स्थिर रहेको छ।सुन प्रतितोला एक लाख १२ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार १५० रुपैयाँ पुगेको छ ।
मंगलबार पनि सुनको भाउ महंगिएको थियो । हिजो सुन प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँमा काराेबार भएको थियो ।बुधबार चाँदीको मूल्यमा भने स्थिर रहेको छ । आज चाँदी मंगलबारकै भाउ अर्थात् प्रतितोला एक हजार ४२० रुपैयाँ कायम रहेको छ । अघिल्लो कारोबार दिन भने चाँदीको मूल्य बढेको थियो