२५ जेठ काठमाडौ । शेयर अहिले छानीछानी सस्तोमा किन्न पाइन्छ । ३२०० पुगेको नेप्से घटेर १९३२।३३ अंकमा आएपछि कुनै पनि कम्पनीको शेयर छानीछानी सस्तो मुल्यमा किन्न पाइन्छ ।सरकारले प्याजमा भ्याट लगाउने व्यवस्था गरेपछि प्याज नै आयात रोकिएको कालीमाटी तरकारी तथा फलफूल थोक बजार संघका अध्यक्ष गिताप्रसाद आचार्यले बताए ।
उनले भने, ‘सरकारले फलफूल र तरकारीमा लगाएको भ्याट फिर्ता नगरेसम्म बजारमा सस्तोमा दैनिक उपभोग्य बस्तु किन्न पाइने स्थिति छैन् ।प्याज नै नभएपछि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्याजको मूल्यसूची नै राख्न छाडेको छ । प्याज नभएपछि कारोबार हुने कुरै भएन, त्यही भएर मूल्यसूची पनि राख्न छाडिएको हो ।सरकारले तरकारीको आयातमा भ्याट लगाएपछि आयात रोकिएर बजारमा प्याजको अभाव हुँदै गएको छ ।
अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमार्फत ती वस्तुमा दिइँदै आएको छुट खारेज गरेका छन् ।सरकारले छुट तथा सहुलियत व्यवस्थामा पुनरावलोकन गरी कराधार विस्तार गर्ने उद्देश्यले मूल्य अभिवृद्धि करका १७० र अन्तःशुल्कका ३४० छुटका दर खारेज गरेको छु,’ बजेट वक्तव्यमा उल्लेख छ । अघिल्लो आर्थिक वर्ष पनि कृषिजन्य वस्तुमा भ्याट लाग्ने गरेको थियो । गत वर्षको सरकारले भने छुट दिने निर्णय गरेको थियो । यो सरकारले पुनः निरन्तरता दिएको हो ।तरकारी तथा फलफूलमा भ्याट लाग्न थालेपछि घरको भान्सा महंगिएको छ । फलफूलको भाउ पनि महंगिएकाले विरामी हुँदा मात्र खाने गरेकाले पनि त्यस्तो बेलामा मात्र पनि खान नसक्ने अवस्था आएको छ ।