Logo

बिहिवार, श्रावण १४ गते २०८३

एक हजारले घट्यो सुन, तोलाको कति ?

एक हजारले घट्यो सुन, तोलाको कति ?

जोईन खबर

२५, जेठ २०८०
  • 697
    SHARES
  • एक हजारले घट्यो सुन, तोलाको कति ?


    २५ जेठ काठमाडौ । दुई दिनमा बढेको सुनको मूल्य बिहीबार सस्तो भएको छ । सुन तोलामा एक हजार रुपैयाँले घटेको हो । चाँदी पनि आज तोलामा पाँच रुपैयाँले सस्तिएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार ७०० रुपैयाँमा झरेको छ ।

    images

    तेजाबी सुन पनि घटेर प्रतितोला एक लाख ११ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन तोलामा २० रुपैयाँले महंगिदा प्रतितोला एक लाख १२ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।बिहीबार सुनसँगै चाँदीको मूल्य पनि घटेको छ ।

    आज चाँदी प्रतितोला पाँच रुपैयाँले गिरावट हुँदा प्रतितोला एक हजार ४१५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन भने चाँदीको मूल्य स्थिर रहेको थियो ।

    प्रकाशित मिति :जेठ २५, २०८० बिहिवार - १४:३१:३६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको