२५ जेठ काठमाडौ । जेठ २५ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा सिटि होटल ९ऋक्ष्त्थ्० को आईपीओ सूचीकृत भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, कर्मचारी र सर्वसाधारणका लागि निष्काशन गरि बाँडफाँट गरेको र संस्थापक शेयरधनीहरुहरुको शेयर नेप्सेमा सूचीकृत भएको हो।यस दिन नेप्सेमा कम्पनीको कुल १ करोड ६७ लाख ४० हजार कित्ता शेयर सूचीकृत भएको हो।
नेप्सेले पहिलो कारोबारका लागि कम्पनीको ८७ रुपैयाँ ८३ पैसादेखि २६३ रुपैयाँ ४९ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। त्यसैगरी, कम्पनलाई सिआईटिवाई स्टक टिकर प्रदान गरिएको छ।आइतबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात कम्पनीको शेयर दोस्रो बजारमा कारोबार गर्न सकिनेछ।