३१ जेठ काठमाडौ । प्रि ओपन सेसनमा नेप्से झिनो अंकले घटेको छ।अघिल्लो कारोबार दिन अर्थात मंगलबार ३४.१७ अंक बढेर २०२०.६४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.४९ अंक घटेर २०२०.१५ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.७९ अंक घटेको छ।
बुधबार प्रि ओपन सेसनमा २० स्टकको ७४ लाख ६२ हजार २५३ रुपैयाँ बराबरको १७ हजार ५४० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १३ स्टकको मूल्य बढेको छ भने ५ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।