Logo

बुधवार, श्रावण १३ गते २०८३

बूढानीलकण्ठमा ३०८ जनाको उमेदवारी

बूढानीलकण्ठमा ३०८ जनाको उमेदवारी

जोईन खबर

१५, बैशाख २०७९
  • 1.1K
    SHARES
  • बूढानीलकण्ठमा ३०८ जनाको उमेदवारी

    काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा ३०८ जनाको उमेदवारी दर्ता भएको छ ।

    images

    काठमाडौं जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित बूढानीलकण्ठमा यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा उमेदवारी परेको हो । बूढानीलकण्ठ नगरपालिकाका निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार नगरप्रमुखमा १५ र उपप्रमुखमा ६ जनाको उमेदवारी परेको छ । वडाध्यक्षमा ७१, महिला वडा सदस्यमा ५४, दलित महिला सदस्यमा ४८ र खुला सदस्यमा ११४ जनाको उमेदवारी परेको छ ।

    जम्मा १३ वडा रहेको बूढानीलकण्ठको वडा नम्बर–१ मा १८, वडा नम्बर–२ मा २१, वडा नम्बर–३ मा २५, वडा नम्बर–४ मा २२, वडा नम्बर–५ मा १८, वडा नम्बर–६ मा २२, वडा नम्बर–७ मा १६, वडा नम्बर–८ मा २२, वडा नम्बर–९ मा २४, वडा नम्बर–१० मा २६, वडा नम्बर–११ मा २६, वडा नम्बर–१२ मा २७ र वडा नम्बर–१३ मा २० जनाको उमेदवारी परेको भट्टराईले बताए ।

    बूढानीलकण्ठमा नेपाली कांग्रेसबाट नगरप्रमुखमा विनोद चालिसे र उपप्रमुखमा रमिला वाग्ले, नेकपा (एमाले)बाट नगरप्रमुखमा मीठाराम अधिकारी र उपप्रमुखमा अनिता लामा र नेकपा (माओवादी केन्द्र)बाट नगरप्रमुखमा डम्बरप्रसाद अधिकारी र उपप्रमुखमा कमला गौतमले उमेदवारी दिएका छन् ।

    वि.सं. २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा बूढानीलकण्ठ नगरपालिकाको नगरप्रमुखमा एमालेका उद्धव खरेल र उपप्रमुखमा एमालेकै रमादेवी राई विजयी भएका थिए । 

    प्रकाशित मिति :बैशाख १५, २०७९ बिहिवार - १०:४९:०७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको