३२ जेठ काठमाडौ । सुन चाँदीको मूल्यमा आज सस्तिएको छ । सुनचाँदीको मूल्यमा आज ८०० रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजारमा र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।