Logo

बिहिवार, श्रावण १४ गते २०८३

५ प्रतिशतभन्दा बढी बढेको नेप्से, आगामी साता के होला?

५ प्रतिशतभन्दा बढी बढेको नेप्से, आगामी साता के होला?

जोईन खबर

३, आषाढ २०८०
  • 682
    SHARES
  • ५ प्रतिशतभन्दा बढी बढेको नेप्से, आगामी साता के होला?

    ३ जेठ काठमाडौ । ५ प्रतिशतभन्दा बढी बढेको थियो। अघिल्लो साता १९३९.६१ विन्दुमा बन्द भएको नेप्से, गत साता ५.२८ प्रतिशत अर्थात १०२.४६ अंक बढेर २०४२.०७ विन्दुमा पुगेको हो।अघिल्लो साताको मंगलबारदेखि उकालो लागेको नेप्सेले गत साता पनि सोही गतिलाई निरन्तरता दिएको हो।

    images

    खरिदकर्ता हाबी

    गत साता साप्ताहिक रुपमा नेप्सेले हरियो मैनबत्ती बनाएको छ। यसले गत साता बजारमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन नेप्सेमा ड्रयागनफ्लाई डोजी मैनबत्ती बनाएको छ। यो रिभर्सलको संकेत हो। अर्थात आगामी कारोबार दिन नेप्से रिभर्स हुने सम्भावनालाई संकेत गर्दछ।

    प्रतिरोध तोडेर उकालो लाग्यो

    गत साता नेप्से परिसूचक बलियो प्रतिरोध तोडेर उकालो लागेको हो। नेप्सेले सो साता १९८० देखि २०१५ सम्मको प्रतिरोध क्षेत्र तोडेको हो। यस अनुसार यस साता नेप्से ओरालो लागेमा भने सोही क्षेत्रमा टेवा पाउने देखिन्छ। त्यसैगरी, उकालो लागेमा भने २०९० देखि २११५ को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

    बलियो भोल्यूम

    नेप्सेको वृद्धिलाई गत साता भोल्यूमले पनि साथ दिएको छ। गत साता नेप्सेमा दैनिक औषतमा ३ अर्ब ७३ करोडको शेयर खरिदबिक्री भएको छ। जबकी नेप्सेको २० दिने दैनिक औषत भोल्यूम २ अर्ब २८ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनाम दैनिक औषत भोल्यूम ६३.५९ प्रतिशत बढी हो।

    बुलिश प्रवृत्तिमा

    गत साता नेप्से बुलिश प्रवृत्तिमा रहेको छ। नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखा र हिस्टोग्राम सबै शून्य रेखाभन्दा माथि अर्थात सकारात्मक क्षेत्रमा रहेको छ। त्यसैगरी, नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ।

    खरिद चाप बढी

    यस साता स्टकास्टिक आरएसआईमा नेप्से ओभरबट जोनमा पुगेको छ। यसले बजारमा बिक्रीचापको तुलनामा खरिदचाप बढी रहेको संकेत गर्दछ।

     

     

    प्रकाशित मिति :आषाढ ३, २०८० आइतवार - ११:१३:४४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको