Logo

बिहिवार, श्रावण १४ गते २०८३

माओवादी केन्द्रसहित चार दलीय समाजवादी मोर्चा घोषणा साँझ ४ बजे हुदै

माओवादी केन्द्रसहित चार दलीय समाजवादी मोर्चा घोषणा साँझ ४ बजे हुदै

जोईन खबर

४, आषाढ २०८०
  • 691
    SHARES
  • माओवादी केन्द्रसहित चार दलीय समाजवादी मोर्चा घोषणा   साँझ ४ बजे  हुदै

    ४ असार काठमाडौ ।नेकपा माओवादी केन्द्रसहित चार दलीय समाजवादी मोर्चा घोषणा समय सरेको छ । यसअघि आज(सोमवार) दिउँसो ३ बजे मोर्चा घोषणा हुने तय भएकोमा अब साँझ ४ बजे मात्रै घोषणा हुने भएको हो ।आज बिहान बालुवाटारमा बसेको चार दलका शीर्ष नेताको बैठकले मोर्चा घोषणा पूर्वनिर्धारित समय भन्दा १ घण्टा पछि सारेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।

    images

    काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आज मोर्चा घोषणा हुँदै छ ।मोर्चामा माओवादीसहित, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आबद्ध हुँदैछन् । आइतबार बसेको ४ दलको बैठकले सोमवार घोषणा हुने समाजवादी मोर्चाको साझा मुद्दा, लक्ष्य, उद्देश्य र प्राथमिकतासहित प्रतिबद्धता तय गरेको थियो ।द

    प्रकाशित मिति :आषाढ ४, २०८० सोमवार - १२:३५:३१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको