४ असार काठमाडौ । सोमबार सुनको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँमा कायम रहेको छ । तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार भने सुन तोलामा २०० रुपैयाँले बढेको थियो ।
चाँदीको मूल्यमा भने यस दिन सामान्य गिरावट भएको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार ४४० रुपैयाँमा खरिदबिक्री हुँदैछ । हिजो भने चाँदी प्रतितोला २० रुपैयाँले महंगिएको थियो । आइतबार चाँदी प्रतितोला एक हजार ४४५ रुपैयाँमा किनबेच भएको थियो ।