वैशाख २३, काठमाडौं । साताको अन्तिम दिन शुक्रवार स्थानिय बजारमा सुनको मूल्य घटेको छ । आज एकैदिन सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँमा कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात विहिवार सुनको मूल्य प्रतितोला ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर १ हजार २८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ३०५ रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, अन्तरराष्ट्रिय बजारमा भने आज सुनको मूल्य बढेको छ । आज न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔस १ हजार ८७६.३७ डलर पुगेको छ ।
त्यसैगरी, आज डलरको मूल्य पनि ओरलो लागेको छ । आज १ अमेरीकि डलरको विक्रिदर १२२ रुपैयाँ ३१ पैसा कायम भएको छ । विहिवार १ अमेरीकि डलरको विक्रिदर १२२ रपैयाँ ५७ पैसा रहेको थियो ।