Logo

बिहिवार, श्रावण १४ गते २०८३

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लाई पनि प्रधानमन्त्रीको अफर !

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लाई पनि प्रधानमन्त्रीको अफर !

जोईन खबर

४, आषाढ २०८०
  • 664
    SHARES
  • जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव  लाई पनि प्रधानमन्त्रीको अफर !

    ४ असार काठमाडौ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव माओवादी केन्द्र, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपासम्मिलित समाजवादी मोर्चा घोषणाको तयारीमा छन् । तर, चार दलका समाजवादी मोर्चा घोषणा हुन लागेको बेलामा अध्यक्ष यादवलाई प्रधानमन्त्रीको अफर आएको चर्चा छ ।

    images

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुले सत्ता गठबन्धन तोडेर आए प्रधानमन्त्री बनाउन सकिने जवाफ अध्यक्ष यादवलाई दिएको जसपाभित्र गाईगुँई चलेको छ । एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जनमतलगायतलाई मिलाएर नयाँ गठबन्धन बनाउन सकिने र पहिलो चरणमा सरकारको नेतृत्व लिन उपेन्द्र यादवलाई प्रस्ताव गरेको चर्चा छ ।

     चुनावमा एमालेसँग गठबन्धन गरेको कारण एमालेले सहकार्यको लागि प्रस्ता गरेको हुनसक्ने जसपाका नेताहरुको भनाई छ ।मधेश प्रदेशमा सुरुमा समर्थन फिर्ता लिएको एमालेले जसपाका मुख्यमन्त्री सरोज यादवलाई पूनः विश्वासको मत दिएर सहकार्यको सम्भावनालाई जिवितै राखेको छ ।मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएपछि एमाले नेताहरुले आफूहरुले कोशी प्रदेशमा जसपाको साथ लिनको लागि सहकार्य गरेको भनेर प्रतिक्रिया दिएका थिए । 

    प्रकाशित मिति :आषाढ ४, २०८० सोमवार - १७:०७:५१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको