५ असार काठमाडौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले सोमवार घोषणा भएको समाजवादी मोर्चाको निजी सत्ता स्वार्थकानिम्ति भित्री र बाहिरी सक्तीहरूसँग बार्गेनिङ्को हतियार बन्न नहुने टिप्पणी गरेका छन् । उनले मोर्चा, सत्ता बार्गेनिङको अंश बन्न नहुने भन्दै सबैलाई सधैँ ठग्न सकिन्न भन्ने हेक्का राख्न सुझाव पनि दिएका छन् ।
जालझेलले समाजवादको निर्माण नहुने भन्दै पूर्व प्रधानमन्त्री भट्टराईले मोर्चा संसदीय अंकगिणत मिलाएर वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिकताले बन्ने बताए ।समाजवाद संसदीय अङ्कगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन । यो त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामूहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो । उनको भनाई छ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा समाजवादी मोर्चा गठन भएपश्चात् भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।