Logo

बिहिवार, श्रावण १४ गते २०८३

मंगलबार सुनचाँदीको मूल्य सस्तियो कतिमा झर्यो ?

मंगलबार सुनचाँदीको मूल्य सस्तियो कतिमा झर्यो ?

जोईन खबर

५, आषाढ २०८०
  • 679
    SHARES
  • मंगलबार सुनचाँदीको मूल्य सस्तियो कतिमा झर्यो  ?

    ५ असार काठमाडौ ।मंगलबार सुनको मूल्य सस्तिएको छ । सुन तोलामा २०० रुपैयाँले सस्तिएको छ । चाँदीको भाउ भने लगातार दोश्रो दिन ओरालो लागेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार २५० रुपैयाँमा झरेको छ ।

    images

    सोमबार भने सुनको भाउ स्थिर रहेको थियो । हिजो सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ कायम रहेको थियो ।चाँदीको मूल्य भने निरन्तर दोश्रो दिन गिरावट भएको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन, चाँदी प्रतितोला १० रुपैयाँले सस्तिएर एक हजार ४४० रुपैयाँमा किनबेच भएको थियो ।

    प्रकाशित मिति :आषाढ ५, २०८० मंगलवार - ११:१९:५२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको