Logo

बुधवार, श्रावण १३ गते २०८३

काठमाडौंको मेयरमा बालेनको फराकिलो अग्रता, दोस्रो बन्न सिर्जना र केशवबीच टक्कर

काठमाडौंको मेयरमा बालेनको फराकिलो अग्रता, दोस्रो बन्न सिर्जना र केशवबीच टक्कर

जोईन खबर

९, जेठ २०७९
  • 1.3K
    SHARES
  • काठमाडौंको मेयरमा बालेनको फराकिलो अग्रता, दोस्रो बन्न सिर्जना र केशवबीच टक्कर

    काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् ।

    images

    सोमवार बिहान १ लाख २८ हजार ३२ मत गणना हुँदासम्म बालेनले ४३ हजार ३८२ मत पाएका छन् ।

    उनले निकटतम प्रतिस्पर्धी सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठभन्दा १७ हजार ६०५ मत बढी ल्याएका छन् ।

    उम्मेदवार सिर्जनाले २५ हजार ७७७ मत पाएकी छन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापित तेस्रो नम्बरमा पुगेका छन् । स्थापितले २५ हजार ५०५ मत पाएका छन् । दोस्रो स्थानका लागि सिर्जना र केशवबीच कडा टक्कर देखिएको छ । मतगणना जारी छ ।

     

     

     

     

    प्रकाशित मिति :जेठ ९, २०७९ सोमवार - ११:०७:३७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको