Logo

बिहिवार, श्रावण १४ गते २०८३

साताभरमा सुन तोलामा २,००० ले घट्यो

साताभरमा सुन तोलामा २,००० ले घट्यो

जोईन खबर

८, आषाढ २०८०
  • 715
    SHARES
  • साताभरमा सुन तोलामा २,००० ले घट्यो

    ८ असार काठमाडौ । शुक्रबार पनि सुन तोलामा ७०० रुपैयाँले घटेको छ । साताको सुरुवातदेखि ओरालो लागिरहेको चाँदीको भाउ आज तोलामा २५ रुपैयाँले गिरावट भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    चाँदीको मूल्यमा पनि निरन्तर गिरावट देखिएको छ । शुक्रबार चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३३५ रुपैयाँमा झरेको छ । अघिल्लो कारोबार दिन पनि चाँदी प्रतितोला २५ रुपैयाँले नै ओरालो लाग्दा एक हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।यो साता चाँदी तोलामा ९० रुपैयाँले गिरावट भएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन, चाँदी प्रतितोला एक हजार ४२५ रुपैयाँमा खरिद बिक्री भएको थियो । त्यसपछिका कारोबार दिनमा आइतबार बाहेक अन्य सबै दिन चाँदीको मूल्य सस्तिएको थियो ।

     

    प्रकाशित मिति :आषाढ ८, २०८० शुक्रवार - १५:४३:१२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको