Logo

बुधवार, श्रावण १३ गते २०८३

पाकिस्तानमा आर्थिक संकट, नेपाललाई पाठ

पाकिस्तानमा आर्थिक संकट, नेपाललाई पाठ

जोईन खबर

१८, माघ २०७९
  • 727
    SHARES
  • राजनीतिक अस्थिरताले घेरिएको पाकिस्तान अहिले आर्थिक रुपमा समस्याग्रस्त छ । अर्थशास्त्रीहरुका अनुसार जलवायु परिवर्तन, कोभिड–१९ महामारी, युक्रेनमा जारी युद्व, विश्वव्यापी आर्थिक मन्दी र मुख्यतः आन्तरिक राजनीतिक अदूर्शिताले पाकिस्तानी अर्थतन्त्रलाई घुँडा टेक्ने अवस्थामा पुर्याएको छ ।

    images

    विश्व नै आर्थिक मन्दीतिर लागिरहँदा पाकिस्तानमा देखिएजस्तै समस्या नेपालमा पनि आउने हो कि भन्ने त्रास व्यवसायिक जगतमा बढ्दो छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी स्वयम् विश्वव्यापी आर्थिक मन्दीको असरबाट नेपाल जोगिनुपर्ने बताइरहेका छन् ।

    नेपाली उद्योगी–व्यवसायीहरु अहिलेको चर्को ब्याजदर र कसिला आर्थिक तथा मौद्रिक नीतिका कारण समस्या भएको भन्दै सडक आन्दोलनमा छन् । यही बेला उच्च ब्याजदरका कारण बैंकहरुमा लगानी थुप्रिन थालेकाले ब्याजदर घट्न थालेको छ । राष्ट्र बैंकको नीतिको कारण कर्जाको ब्याजदर तुरुन्तै सस्तिने अवस्था भने छैन ।

    केही विलासी वस्तुको आयातमा ७ महिनासम्म लगाइएको प्रतिबन्ध २९ मंसिरपछि हटेको छ । राष्ट्र बैंकले १३ महिनापछि ५ माघबाट नगद मार्जिनको व्यवस्था हटाएको छ । १० पुसमा नयाँ सरकार बनेपछि राष्ट्र बैंकले चालुपूँजी कर्जा मार्गदर्शनको कार्यान्वयनलाई पनि खुकुलो बनाएको छ ।

    व्यावसायिक क्षेत्र र राष्ट्र बैंकबीच मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ब्याजदरलाई चलाउने या नचलाउने भन्ने बहस चल्दैछ । यही समयमा पाकिस्तानमा बढीरहेको आर्थिक समस्याले भने नीतिहरु अर्थतन्त्र जोगाउने गरी व्यवहारिक बनेनन् भने देशको अर्थतन्त्र जुनसुकै बेला समस्याग्रस्त बन्नसक्ने सन्देश दिएको छ ।

    अर्थशास्त्री डा. अच्युत वाग्ले भने पाकिस्तानकोजस्तो आर्थिक समस्या नेपालमा नहुनेमा आशावादी छन् । तर, आर्थिक प्रणालीका समस्यादेखि शासकीय चरित्र र शैलीसम्मका समानता हेरेर नेपालले पाकिस्तानको वर्तमान संकटबाट धेरै कुरा सिक्नपर्ने उनको भनाइ छ ।

    ‘हामी डराउने हैन, सिक्नपर्ने अवस्थामा छौं,’ डा. वाग्ले भन्छन्, ‘जुन कारणले पाकिस्तानको अर्थतन्त्रले समस्या भोग्दैछ, त्यस्ता आर्थिक परिदृश्य र केही समस्या नेपालमा पनि छन् । यसमा भने सचेत हुन आवश्यक छ ।’

    प्रकाशित मिति :माघ १८, २०७९ बुधवार - १४:४४:१९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको