१४असार काठमाडाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले दोषीलाई कारबाही गरेपछि सरकारप्रति जनतामा विश्वास बढेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रचण्डले भने जनतामा जगाएको विश्वास नै सरकारकोठूलो उपलब्धि भएको कुरा स्पष्ट भएकाे बताए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले इतिहासकै ठूलो कारबाही गरेको उनले बताए ।यसले कानुनको मात्र होइन, लोकतन्त्रको सर्वोच्चता पनि स्थापित भएको उनले बताए । उच्च पदस्थहरु र देशको एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने मान्यता गलत प्रमाणित हुँदै गएको छ’ प्रधानमन्त्री प्रचण्डले भने।
हिजोबाट प्रधानमन्त्री निवास नै लुटन खाेज्ने र ललिता निवासका अभियुक्तहरु पक्राउ पर्न थालेका छन् । मिटर ब्याजी र सहकारीका ठगहरुमाथि करबाही सुरु भइसकेको छ । प्रधानमन्त्री प्रचण्डले भने जति सुकै रूपमा दबाब र सरकार ढालना खाेजे पनि काही कसैलाई छाड्दैनौं भने प्रतिबदता गर्नु भएकाे छ।वर्षौंदेखि भएका विकृतिको समाधान र सफा गर्ने यो लडाइँमा आफूलाई संसद र आम जनताको सपाेट चाहिने प्रचण्डले बताए ।