Logo

बिहिवार, श्रावण १४ गते २०८३

चीनको सिचुवान विश्वविद्यालय कमिटीका महासचिव लिङसँग गृहमन्त्री नारायणकाजी श्रेष्ठको भेट

चीनको सिचुवान विश्वविद्यालय कमिटीका महासचिव लिङसँग गृहमन्त्री नारायणकाजी श्रेष्ठको भेट

जोईन खबर

१५, आषाढ २०८०
  • 670
    SHARES
  • चीनको   सिचुवान विश्वविद्यालय कमिटीका महासचिव लिङसँग  गृहमन्त्री नारायणकाजी श्रेष्ठको भेट

    १५ असार काठमाडौ ।चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान विश्वविद्यालय कमिटीका महासचिव कान ले आज भेट गरेका छन् ।

    images

    छेन्दुस्थित सिचुवान विश्वविद्यालयमा भएको सो भेटमा उनीहरुबीच नेपाल–चीन सम्बन्धका विविध विषयमा छलफल भएको छ । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउन विश्वविद्यालयले खेलेको भूमिकाको प्रशंसा गरे ।उपप्रधानमन्त्री श्रेष्ठले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकताको पक्षमा चीन सदैव उभिँदै आएको स्मरण गर्दै नेपालको विकासमा चीनको निरन्तर साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।

    भेटमा महासचिव कानले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई नजिक ल्याउन विश्वविद्यालयले थप योगदान गर्ने विश्वास दिलाए । विश्वविद्यालयले विज्ञान, प्रविधिलगायत विधामा शिक्षा प्रदान गरेर नेपालको मानव संशाधन विकासमा सहयोग गरेको जानकारी गराए ।महासचिव कानले विश्वविद्यालयले दक्षिण एसिया अध्ययन केन्द्र सञ्चालन गरेर नेपाल भारत, पाकिस्तानलगाय मुलुकको अध्ययन सुरु गरेको उल्लेख गर्दै उनले विश्वविद्यालयमा नेपाल अध्ययन केन्द्र खोलेर अध्ययन गरिएको जानकारी दिए ।

    सो क्रममा उनले विश्वविद्यालयको जलविद्युत् अध्ययन केन्द्रको अवलोकन गरेका थिए । सो केन्द्रमा उच्च बाँध भएको जलाशयमुक्त जलविद्युत् परियोजना निर्माणसम्बन्धी अनुसन्धान हुँदै आएको छ । सो अवसरमा केन्द्रले गर्दै आएको कामका बारेमा जानकारी दिइएको थियो ।विश्वविद्यालय परिसरमा नेपाली, चिनियाँ तथा विदेशी विद्यार्थीले उपप्रधानमन्त्री श्रेष्ठको भव्य स्वागत गरेका थिए । सो विश्वविद्यालयमा हाल ६६ विद्यार्थीले विभिन्न विषय अध्ययन गरिरहेका छन् । पछिल्लो १० वर्षमा मात्रै करिब छ सय विद्यार्थीले सो विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका थिए ।

    प्रकाशित मिति :आषाढ १५, २०८० शुक्रवार - १२:२९:२३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको