१५ असार काठमाडौ ।आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेर तोलामा १ लाख ९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजाबी सुनको मूल्य १ लाख १ हजार ९०० र चाँदीको मूल्य १ हजार ३६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर एक हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।