Logo

बिहिवार, श्रावण १४ गते २०८३

प्रधानमन्त्री दाहालले नेकपातिरै फर्कने कोशिस गर्नुपर्छ

प्रधानमन्त्री दाहालले नेकपातिरै फर्कने कोशिस गर्नुपर्छ

जोईन खबर

१७, आषाढ २०८०
  • 748
    SHARES
  • प्रधानमन्त्री  दाहालले  नेकपातिरै फर्कने कोशिस गर्नुपर्छ

    १७ असार काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीका संस्थापक स्व नारायणविलास जोशीको ३४ औं स्मृति दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री दाहालले एमाले-माओवादीबीचको एकता बचाउन नसकिएका भन्दै अब कमजोरीको समीक्षासहित नेकपातिरै फर्कने जमर्को गर्नुपर्ने बताएका हुन् ।

    images

    मैले तत्कालिन एमालेका अध्यक्ष केपी ओलीसँग कम्युनिष्टहरुसँग एकता गर्न छिटो भन्दा छिटो हामीले आर्थिक समृद्धितर्फपनि जान सकिन्छ समाजवादतिर पनि जान सकिन्छ या दोयाउन सकिन्छ भनेर भनेको थिए ।अब कम्युनिष्टहरुले ४० ५० वर्ष कति वर्ष शासन लाने हुन भन्ने भय थियो । तर दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौं । त्यो एकतालाई बचाएर राष्ट्रको हितमा जनता समाजवादको हितमा जाने जो प्रचुर सम्भावना त्यो बचाउन सकिएन ।

    विश्वभरकै कम्युनिष्ट आन्दोलनको इतिहासमा एकता संघर्ष विभाजनबाट गुर्जिदै अगाडि बढेको उदाहरण दिँदै फेरि एकपटक एकता गर्न सबैले चिन्तन गर्नुपर्ने बताए । 

    सबैले चिन्तन गर्नुपर्यो कि हिजो केकारणले एकीकृत भएको कम्युनिष्ट आन्दोलन बच्न सकेन त्यहाँ विचारमा, राजनीतिमा आचरण र संस्कृतिमा भावनामा कहाँ ऋुटी थियो । के प्रकृतिको कारण हाम्रो विभाजन भयो भन्ने गम्भीर समीक्षा गरेर त्यसबाट शिक्षा लिएर अगाडि जाने हामीले जमर्को गर्नुपर्छ । माधव र मैले के भनेका छौं भने फेरि नेकपा तिर फर्कनुपर्छ फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्छ भन्ने कुरापनि हामीले भनेका छौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  बताएका हुन् ।

    प्रकाशित मिति :आषाढ १७, २०८० आइतवार - ११:०१:३३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको