Logo

बुधवार, श्रावण १३ गते २०८३

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्दै , कहीले देखिे कहीले सम्मा दिन पाउने

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्दै , कहीले देखिे कहीले सम्मा दिन पाउने

जोईन खबर

१९, आषाढ २०८०
  • 664
    SHARES
  • रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्दै , कहीले देखिे कहीले सम्मा दिन पाउने

    १९ असार काठमाडौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियमा आईपीओ निष्काशन गर्ने भएको छ।प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो।इन्स्योरेन्सले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो।

    images

    कुल शेयरको ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि ९प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरले० छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ९६ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

    असार २७ गतेदेखि साउन १० गतेसम्म आवेदन दिन सक्नेछ। इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सकिनेछ।आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तयि संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो शेयर’ सफटवेयरबाट आवेदन दिन सक्नेछन्।

    प्रकाशित मिति :आषाढ १९, २०८० मंगलवार - १२:०७:३३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको