Logo

बुधवार, श्रावण १३ गते २०८३

सुनचाँदीको मूल्य आज पनि बढ्याे

सुनचाँदीको मूल्य आज पनि बढ्याे

जोईन खबर

२०, आषाढ २०८०
  • 793
    SHARES
  • सुनचाँदीको मूल्य  आज  पनि बढ्याे

     २० असार काठमाडाै । सुनचाँदीको मूल्य निरन्तर दोश्रो दिन पनि बढेकाे छ ।  सुन तोलामा २०० रुपैयाँले बढेको छ । चाँदी पनि यस दिन तोलामा पाँच रुपैयाँले महंगिएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५०० रुपैयाँ पुगेको छ । मंगलबार पनि सुनको मूल्य वृद्धि भएको थियो ।

    images

    हिजो सुन तोलामा ४०० रुपैयाँले बढ्दा प्रतितोला एक लाख १० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । २ दिनमा सुन प्रतिताेला ६०० रूपैयाँले बढेकाे महासंघले जनाएकाे छ ।बुधबार चाँदीको पनि भाउ उकालो लागेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले वृद्धि हुँदा प्रतितोला एक हजार ३८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । 

    प्रकाशित मिति :आषाढ २०, २०८० बुधवार - १२:३९:०८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको