१२ असार काठमाडाै ।नागरिक उन्मुक्ति पार्टीकी महिला विभाग प्रमुख एवं अभिनेत्री एलिजा गौतमले सक्रिय राजनीतिबाट विश्राम लिएको घोषणा गरेकी छन् । गत माघ दोस्रो साता नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी अभिनेत्री गौतमले धरान उपमहानगरका मेयर हर्कराज राईको कामबाट प्रभावित भएको उल्लेख गर्दै आफूले अब सक्रिय राजनीतिबाट विश्राम लिएको घोषणा गरेकी हुन् ।
एलिजा गौतमले बिहिबार सामाजिक सञ्जाल लेखेकी छन्,।आज उहाँको मेयर श्रम शिविरस्थल पुगेर प्रत्यक्ष भेटवार्ता गर्ने अवसर मिलेको छ । म निकै खुशी छु । सो अवसरमा मेयर साहेबसँगै मैले पनि वृक्षरोपण गर्ने अवसर पाएँ । श्रम शिविरको लागि मैले आफ्नो व्यक्तिगत तर्फबाट १० वटा साबेल पनि प्रदान गरेकी छु ।
समाजसेवामा निरन्तर सक्रिय रहने र राजनीतिबाट बिदा भएको घोषणा गर्दै लेखेकी छन्, ‘धरान उपमहानगरका मेयर हर्कराज राईको कामबाट प्रभावित छु । उहाँ धराने जनताको सुख र सुविधाका लागि अहोरात्र खटिरहनुभएको छ । उहाँप्रति सधैं उच्च सम्मान छ ।
दलको सक्रिय राजनीति गर्नेहरूलाई एकचोटी धरान आएर मेयरको काम हेर्नसमेत उनले अनुरोध गरेकी छन् । उनले अगाडि भनेकी छन्, ‘यसपटक म सामाजिक कामको सिलसिलामा धरान आएकी हुँ । मेरा आगामी दिन समाजसेवामा नै सक्रिय रहनेछन् । अहिलेलाई सक्रिय राजनीतिबाट विश्राम लिएको पनि यसै पोष्टमार्फत घोषणा गर्दछु ।’