Logo

बुधवार, श्रावण १३ गते २०८३

घोराही सिमेन्ट्सले आईपीओ निष्काशन पुन सुचारु गर्दै कहीले देखी आवेदान दिने ?

घोराही सिमेन्ट्सले आईपीओ निष्काशन पुन सुचारु गर्दै कहीले देखी आवेदान दिने ?

जोईन खबर

२२, आषाढ २०८०
  • 652
    SHARES
  • घोराही सिमेन्ट्सले  आईपीओ निष्काशन पुन सुचारु गर्दै कहीले देखी आवेदान दिने  ?

    २२ असार काठमाडाै ।  घोराही सिमेन्ट्सको आईपीओ निष्काशन असार २२ गतेदेखि सुचारु हुने भएको छ। असार ४ गतेदेखि स्थगित भएको आईपीओ असार २० गतेको नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार आईपीओ निष्काशन पुनः सुचारु गरिएको कम्पनीले जनाएको छ।कम्पनीको आईपीओमा असार २४ गते, आइतबारसम्म आवेदन दिन सकिनेछ।

    images

    कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता शेयर निष्काशन गरेको हो। सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।

     कम्पनीकाे उत्पादन क्षमता ३ लाख ५३ हजार ५०० मेट्रिक टन रहेको छ भने वार्षिक ओपीसी सिमेन्ट क्षमता २ लाख ४० हजार, पीपीसी सिमेन्ट क्षमता ३ लाख ३० हजार र पीएससी सिमेन्ट क्षमता ५० हजार मेट्रिक टन रहेको छ। इकाई उद्योगको वार्षिक क्लिङ्कर उत्पादन क्षमता ५ लाख ८५ हजार ९०० मेट्रिक टन रहेको छ भने वार्षिक ओपीसी सिमेन्ट क्षमता २ लाख ९० हजार, पीपीसी सिमेन्ट क्षमता १ लाख २० हजार र पीएससी सिमेन्ट क्षमता ९० हजार मेट्रिक टन रहेको छ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

    प्रकाशित मिति :आषाढ २२, २०८० शुक्रवार - ०९:२७:५६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको