Logo

मंगलवार, कार्तिक ११ गते २०८३

मिटरब्याज पीडितहरू फेरि प्रदर्शनमा उत्रिए

मिटरब्याज पीडितहरू फेरि प्रदर्शनमा उत्रिए

जोईन खबर

२४, आषाढ २०८०
  • 622
    SHARES
  • मिटरब्याज पीडितहरू  फेरि प्रदर्शनमा उत्रिए

    २४ असार काठमाडौ । काठमाडौंमा मिटर ब्याज विरूद्धको कानुन पारित गर्न माग गर्दै मिटर ब्याज पीडितहरुले प्रदर्शन गरेका छन् । पीडितहरुले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले २० वैशाखमा ल्याएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयक संविधान अनुसार ६० दिनभित्र संसदबाट पारित नहुने भएका कारण निष्क्रिय भएको छ ।

    images

    सरकारले पिडितलार्इ आज भोली भन्दा भन्दै  ६० दिन सम्मा पनि  केही गर्ने नसके पछी पिडितहरु  प्रतिस्थापन विधेयक राष्ट्रियसभाले १५ असारमा पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो । प्रतिनिधिसभाले गत बुधबारसम्म पारित गरेर राष्ट्रियसभामा पठाउनुपर्ने थियो र राष्ट्रियसभाले प्रमाणित गरेर राष्ट्रपतिसमक्ष पठाउनुपर्ने थियो ।

    images
    images
    images

    तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटक पटक दिल्ली गएको भनी केही दिनअघि दिएको अभिव्यक्तिको विषयलाई लिएर नेकपा एमालेले प्रतिनिधिसभा र राष्ट्रियसभा अवरुद्ध गरेको छ ।  जसका कारण त्यो अध्यादेश निष्क्रिय भएको हो ।त्यसैले मिटर ब्याज पीडितले कानुन पारित गर्न माग राखेर प्रदर्शन गरेका हुन् ।

    प्रकाशित मिति :आषाढ २४, २०८० आइतवार - १४:५४:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको