२४ असार काठमाडाै । प्रतिनिधि सभाको बैठक आज लागि भनिएकाे बैठक भाेलीकाे ३ बजे बस्ने भएकाे छ । सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमका अनुसार आइतबार दिउँसो १ बजेका लागि तोकिएको प्रतिनिधि सभाको बैठक निर्धारित समयमा बस्न नसकेपछि सोमबार दिउँसो ३ बजे बस्नेगरी निर्धारण गरिएको हो।
नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठक सोमबारका लागि निर्धारण गर्नुभएको सूचना मार्फत जानकारी गराउनुभएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अपराह्न ३ बजेका लागि सार्नुभएको थियो ।
यसअघि प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठकले बुधबारदेखि जारी प्रतिनिधि सभाको अवरोध हटाउने सहमति भएको थियो । प्रधानमन्त्री प्रचण्डको पहलमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार बसेको बैठकमा सङ्घीय संसद्को अवरोध खुलाउने सहमति भएको थियो ।