Logo

बिहिवार, श्रावण १४ गते २०८३

ब्युरो सिआईबीकोअनुसन्धान निसाना पूर्वमन्त्रीहरू र सचिवतिर हुदै

ब्युरो सिआईबीकोअनुसन्धान निसाना पूर्वमन्त्रीहरू र सचिवतिर हुदै

जोईन खबर

२५, आषाढ २०८०
  • 808
    SHARES
  • ब्युरो  सिआईबीकोअनुसन्धान निसाना पूर्वमन्त्रीहरू र सचिवतिर  हुदै

    २५ असार काठमाडाै । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले सरकारी जग्गा प्रकरणमा  हिजाे सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ पछि अनुसन्धान ब्युरो सीआईबी अनुसन्धानको निसाना पूर्वमन्त्री र सचिवहरूतिर लगाएको छ । पूर्वउपप्रधानमन्त्री विजय गच्छदार, पूर्वभूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी, पूर्वसचिवहरू दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारीलाई पक्राउ गर्ने तयारीमा ब्युरो लागेको हो ।

    images

    प्रहरीले आइतबार बहालवाला सचिव राउतलाई भारत जान लागेको भन्दै नियन्त्रणमा लिएको हो । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किर्ते गरी व्यक्तिका नाममा दर्ता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्री, सचिवसहित १७५ जनाविरुद्ध २०७६ माघ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

     ४०६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरी संगठित अपराधमा अनुसन्धान गरिरहेको छ ।बालुवाटार जग्गा हिनामिना प्रकरणमा अख्तियारले अभियुक्त बनाएकाहरूमा पूर्वउपप्रधानमन्त्री गच्छदार, पूर्वमन्त्रीहरू श्रेष्ठ, जोशी तथा पूर्वसचिवहरू पन्त, बस्न्यात र अधिकारी पक्राउ परेका छैनन् । 

     
     

    प्रकाशित मिति :आषाढ २५, २०८० सोमवार - १२:४२:४४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको