२५ असार काठमाडाै । सोमबार सुनको मूल्य स्थिर छापावाल सुन प्रतितोला एक लाख ११ हजार ३०० रुपैयाँ कायम रहेको छ ।
चाँदी पनि यस दिन आइतबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख १० हजार ७५० रुपैयाँमा खरिदबिक्री हुँदैछ । आइतबार भने सुन तोलामा ७०० रुपैयाँले बढेको थियो ।सोमबार चाँदी प्रतितोला एक हजार ३९५ रुपैयाँ कायम रहेको छ ।