Logo

बुधवार, श्रावण १३ गते २०८३

आजको विदेशी मुद्राकाे दर भाउ यति प्रतिशतले बढ्यो

आजको विदेशी मुद्राकाे दर भाउ यति प्रतिशतले बढ्यो

जोईन खबर

२५, आषाढ २०८०
  • 748
    SHARES
  • आजको विदेशी  मुद्राकाे दर भाउ यति  प्रतिशतले बढ्यो

    २५ असार काठमाडाै ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा कुल विदेशी विनिमय सञ्चिति २१.८ प्रतिशतले बढेको देखिएको हो ।

    images

    जेठ मसान्तसम्म आइपुग्दा २१.८ प्रतिशतले वृद्धि भई १४ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको थियो । अमेरिकी डलरमा असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा चालु आवको जेठ मसान्तमा १८.५ प्रतिशतले वृद्धि भई ११ अर्ब ३० करोड कायम भएको छ ।

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०८० जेठ मसान्तमा २५.१ प्रतिशतले वृद्धि भई १३ खर्ब २१ अर्ब २५ करोड पुगेको छ ।बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०८० जेठ मसान्तमा ०.१ प्रतिशतले वृद्धि भई रु.१५९ अर्ब ६३ करोड पुगेको छ । 

     

    प्रकाशित मिति :आषाढ २५, २०८० सोमवार - १६:१८:५० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको