२५ असार काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यो संसद ३ दलले बन्धक बनाउन मिल्छ भन्ने प्रश्न गरेका छन् ।
जनताका मुद्दा यथावत छाडेर नेताको स्वार्थमा संसद रोक्ने काम भइरहेको भन्दै उनले आपत्ति जनाए ।सोमबार प्रतिनिधि सभामा समय लिएर बोल्दै उनले सोधे, ‘यो संसद ३ दलले बन्धक बनाउन मिल्छ रु उनीहरूले जे गर्यो ।
त्यही हो रु अरु माननीय चाहिँ केही होइन संसदमा विभिन्न कानुन विचाराधीन अवस्थामा रहेको भन्दै सभापति लामिछानेले ती कानुनमाथि छलफल गर्न छाडेर नेताको स्वार्थमा सांसदलाई बन्धक बनाइएको बताए ।शीर्ष नेतालाई मुड चलेन भने यो सदन रोकिन्छ रु’ लामिछानेले प्रश्न गरे जनताका मुद्दामा संसद रोकिन्छ भने रोकियोस् ।