२६ असार काठमाडाै ।काेसी प्रदेश सरकारले कोसीका मुख्यमन्त्री उद्भव थापाको नियुक्ति खारेजीको माग राखेर सर्वोच्च अदालतमा दायर गरिएको रिट निवेदनमाथि सोमबार पनि सुनुवाइ भएन ।न्यायाधीश सुष्मालता माथेमाको इजलासमा क्रम संख्या 'भ' मा रहेको सो मुद्दा समय अभावका कारण हेर्न नभ्याइने भएको हो । यसअघि आइतबार पनि हेर्न नभ्याइनेमा परेको थियो ।
कोसी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रवार वारेसमार्फत सर्वोच्च अदालतमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक रहेको दाबी गर्दै रिट निवेदन दर्ता गराउनुभएको थियो ।
कार्कीले नवनिर्वाचित मुख्यमन्त्री, प्रदेश प्रमुख पर्शुराम खापुङ र सभामुख बाबुराम गौतमलाई रिट निवेदनमा विपक्षी बनाउनुभएको छ। २९ जना संसाद नेकपा (माओवादी केन्द्र) का १२, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका १ जना सांसदको समर्थनमा कांग्रेस नेता थापा मुख्यमन्त्री बन्नुभएको थियो ।
कार्कीले संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत समावेश गरिनु संविधानविपरीतको कार्य भएको दाबी गर्नुभएको छ । त्यसैले मुख्यमन्त्रीको नियुक्ति बदर गरी धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्तिको लागि कार्कीले परमादेश माग गर्नेु भएकाे हाे ।