२६ असार काठमाडाै। सुनचाँदीको मूल्य लगातार दुई दिनदेखि स्थिर मंगलबार सुन प्रतितोला एक लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक् लाख १० हजार ७५० रुपैयाँ कायम रहेको छ । सोमबार पनि सुनको भाउ स्थिर रहेको थियो । सुन तोलामा ७०० रुपैयाँले महंगिएको थियो ।चाँदीको भाउ पनि आइतबारदेखि एकै भाउमा खरिदबिक्री भइरहेको छ ।