Logo

बुधवार, श्रावण १३ गते २०८३

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

जोईन खबर

१८, माघ २०७९
  • 652
    SHARES
  • प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    610401399Prachanda-and-KP-Sharma-Oli-in-Baluwatar.jpg

    images

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार भएको भेटका क्रममा समसामयिक विषयमा छलफल भएको बताइएको छ । 

    भेटमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसमेत सहभागी रहेको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसँग बुधबार बालुवाटारमा छलफल गरेका हुन् ।

    सत्ता साझेदार अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता मुद्दामा सांसद पद बदर भएपछि उनले सम्हालेको गृह मन्त्रालय अहिले प्रधानमन्त्री प्रचण्डले आफैँ राखेका छन् ।

    नागरिकता पुनः प्राप्ति गरेपछि रास्वपा सभापति लामिछानेले मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृह मन्त्रालय आफूले नपाएमा सरकारबाट बाहिरिने बताएका थिए। प्रधानमन्त्री प्रचण्डले भने अदालतको पूर्ण पाठ नआएसम्म गृह नदिने यसअघि नै बताएका थिए । 

    प्रकाशित मिति :माघ १८, २०७९ बुधवार - १५:३३:०८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको