२७ असार काठमाडाै । सुनको मूल्य बुधबार वृद्धि सुन तोलामा ३०० रुपैयाँले बढेको छ । चाँदी पनि यस दिन महंगिएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार ६०० रुपैयाँमा काराेबार भइरहेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँ पुगेको छ । यसअघि सुन निरन्तर दुई दिन स्थिर रहेको थियो ।
मंगलबार सुन प्रतितोला एक लाख ११ हजार ३०० रुपैयाँ कायम रहेको थियो ।बुधबार चाँदीको मूल्य पनि बढोत्तरी भएको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार ४०० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।