Logo

बिहिवार, श्रावण १४ गते २०८३

माओवादी केन्द्र ललितपुर जिल्ला कमिटीद्वारा रास्वापा सांसद तोसिमा कार्कीलाई विज्ञप्ती जारी

माओवादी केन्द्र ललितपुर जिल्ला कमिटीद्वारा रास्वापा सांसद तोसिमा कार्कीलाई विज्ञप्ती जारी

जोईन खबर

२८, आषाढ २०८०
  • 769
    SHARES
  • माओवादी केन्द्र ललितपुर जिल्ला कमिटीद्वारा   रास्वापा सांसद तोसिमा कार्कीलाई  विज्ञप्ती जारी

    २८ असार काठमाडाै । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की दिवंगत धर्मपत्नी सीता दाहालको निधनलाई लिएर ललितपुर- ३ बाट निर्वाचित सांसद तोसिमा कार्कीले दिएको अभिव्यक्ती खेदजनक रहेको भन्दै माओवादी केन्द्र, जिल्ला समन्वय समिति ललितपुरले भर्त्सना गरेको छ।जिल्ला समन्वय समिति संयोजक शिव कट्टेल र इन्चार्ज दिनेश महर्जनले विज्ञप्ती जारी गर्दै सांसद कार्कीको अभिव्यक्ति खेदजनक र असंवेदनशील भएको ठहरसहित घोर भर्त्सना गरेका छन्। 

    images

     

    3610.jpg

    सांसद तोसिमा कार्कीद्वारा पशुपति आर्यघाटमा सञ्चार माध्यमसँगको कुराकानीमा दिएको अभिव्यक्तिप्रति ललितपुर जिल्ला पार्टी कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ।सीता दाहालको निधनपछि बुधबार दिउँसो पशुपतिकाेआर्यघाटमा श्रद्धाञ्जलीका लागि पुगेकी सांसद ताेसीमा कार्कीले सञ्चार माध्यमहरूलाई प्रतिक्रिया दिने क्रममा विवादास्पद अभिव्यक्ती दिएको भन्दै सामाजिक सञ्जालमा पनि चर्को आलोचना भइरहेको छ।

    प्रकाशित मिति :आषाढ २८, २०८० बिहिवार - १६:२६:५२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको