२९ असार काठमाडाै । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मकतातर्फ अगाडी बढेको बताएका छन्। शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै अर्थमन्त्री महतले अर्थतन्त्र चलायमान भइरहेको र सकारात्मकतातर्फ अगाडी बढेको बताएका हुन्।
यसले गर्दा राजश्व बढ्छ भन्ने हामीलाई विश्वास छ,’ उनले भने, ‘सबैतिरको यसमा सहयोग चाहिन्छ। अर्थतन्त्र बिस्तारै चलायमान हुँदैछ। मूल्यवृद्धि पनि घटेको छ। पछिल्लो समयभन्दा अहिले घटेको छ। सकारात्मकतातर्फ अर्थतन्त्र बढेको छ।
ब्याजदर पनि अलिकता सहजता हुन बित्तिकै थप चलायमान हुन्छ। यसले राजस्व वृद्धि हुने प्रशस्त आधार यसले दिन्छ। र हामी स्वास्थ्य क्षेत्रमा अझ ज्यादा स्वास्थ्य जोखिम शुल्क मात्रै होइन कि अरु धेरै बिनियोजन गर्नुपर्ने आवश्यकता छ।
वृद्धि हुने प्रशस्त आधार देखिएको अर्थमन्त्रीको भनाई छ ।माननीयज्युहरुले राखेको सुझावलाई हामी सहश्र आत्मसात् गर्छौ। र आउने दिनमा स्वास्थ्य क्षेत्रमा अझ बढी कसरी विनियोजन गर्न सकिन्छ? र गाउँ गाउँ दुर्गम क्षेत्रमा समेत न्यूनतम स्वास्थ्य उपचार र रोकथामको सुनिश्चिता गर्ने, बेसिक हेल्थ केयर सुनिश्चित गर्ने जुन राज्यको लक्ष्य छ, त्यो पूर्ति गर्नेतर्फ हामी क्रियाशिल हुन्छौँ। भने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनु भयाे ।