२९ असार काठमाडाै। शुक्रबार,सुनचाँदी मूल्य बढेएर सुनको मूल्य प्रतितोला १०० रुपैयाँ र चाँदीको मूल्य प्रति तोला ४० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर एक लाख १२ हजार ५०० रुपैयाँ पुगेको हो ।
तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँ पुगेको छ ।आज चाँदीको मूल्यपनि तोलामा ४० रुपैयाँले बढेर प्रतितोला एक हजार ४८० रुपैयाँमा खरिदबिक्री हुँदैछ । बिहीबार चाँदी प्रति तोला १ हजार ४४० रुपैयाँको किनबेच भएको थियो ।