Logo

बुधवार, श्रावण १३ गते २०८३

साउनको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर

साउनको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर

जोईन खबर

१, श्रावण २०८०
  • 766
    SHARES
  • साउनको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर

    १ साउन काठमाडाै । साउनको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर रहेको छ । सोमबार सुन आइतबारकै मूल्यमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि लगातार दोश्रो दिन स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ६५० रुपैयाँ कायम रहेको छ ।

    images

    आइतबार भने सुन तोलामा ३०० रुपैयाँले गिरावट भएको थियो ।साउन १ गते, चाँदी प्रतितोला एक हजार ४८० रुपैयाँमा खरिदबिक्री हुँदैछ । शुक्रबार यता चाँदी यसै मूल्यमा किनबेच भइरहेको छ ।महासंघको तथ्यांकले देखाए अनुसार असार १ गते सुन प्रतितोला एक लाख ११ हजार ८०० रुपैयाँ कायम रहेको थियो । त्यसपछिका केहि दिनमा सुनको भाउ ओरालो लागेको थियो । यो महिनामा सुन सर्वाधिक सस्तो असार १४ गते, प्रतितोला एक लाख ९ हजार ४०० रुपैयाँ रहेको थियो । तर त्यसपछि भने बिस्तारै सुनको भाउ बढेको थियो ।

    प्रकाशित मिति :श्रावण १, २०८० सोमवार - १४:३८:३९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको