२ साउन काठमाडाै । सुनको भाउ साउन २ गते, बढयाे, सुन तोलामा ३०० रुपैयाँले वृद्धि भएको छ । चाँदी भने लगातार तीनदेखि स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँ पुगेको छ । साउनको पहिलो दिन भने सुनको भाउ स्थिर रहेको थियो । हिजो सुन प्रतितोला एक लाख १२ हजार २०० रुपैयाँ कायम रहेको थियो ।मंगलबार चाँदीको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य निरन्तर तीन दिनयता एकै मूल्यमा खरिदबिक्री हुँदैछ ।