Logo

बिहिवार, श्रावण १४ गते २०८३

प्रधानमन्त्री प्रचण्ड भाेली शनिबार इटाली भ्रमणमा जाने तयारी

प्रधानमन्त्री प्रचण्ड भाेली शनिबार इटाली भ्रमणमा जाने तयारी

जोईन खबर

५, श्रावण २०८०
  • 736
    SHARES
  • प्रधानमन्त्री प्रचण्ड भाेली शनिबार इटाली भ्रमणमा जाने तयारी

    ५  साउन काठमाडाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भाेली शनिबार इटाली भ्रमणमा जाने तयारी  भएका छन् । संयुक्त राष्ट्रसंघको ‘फुड सिस्टम्स समिट प्लस टु’ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शनिबार इटाली जान लागेका हुन् ।इटालीमा साउन ८ देखि १० गतेसम्म संयुक्त राष्ट्रसंघको ‘फुड सिस्टम्स समिट प्लस टु’ कार्यक्रम हुँदै छ । उक्त कार्यक्रमलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नेछन् ।

    images

    साथै साइडलाइनमा प्रधानमन्त्री प्रचण्डले खाद्य तथा कृषि संगठन एफएओका महानिर्देशक, विश्व खाद्य कार्यक्रम डब्लूएफपीका कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष आईएफएडीका अध्यक्ष लगायतका राष्ट्रसंघका उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने छन् ।प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपाली संघ इटालीले आयोजना गर्ने इटालीमा रहेका नेपाली समुदायसँगको अन्तरक्रियामा सहभागी हुनेछन् । प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा उनको छोरी गंगा दाहाल, कृषिमन्त्री वेदुराम भुषाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत लगायत छन् । 

    प्रकाशित मिति :श्रावण ५, २०८० शुक्रवार - १८:०८:५४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको