७ साउन काठमाडाै । नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री एनपी साउदले आर्मी माथि केही पार्टीले आक्रमण गरेको बताएका छन् । केन्द्रीय समितिको बैठकमा बोल्दै साउदले सत्ता नपाएर उनीहरु तिल्मिलाएको विपक्षमा रहेका दलहरु सत्ता नपाएपछि रन्थनिएको उनले बताए ।आज आर्मीजस्ता संस्थामा केही पार्टीहरुले आक्रमण गरिराखेका छन्,’ साउदले भने ।पूर्व गृहमन्त्री बालकृष्ण खाँणको नाम नलिइकन साउदले अदालतको विचाराधिन मुद्धामा बोल्नुपर्ने अवस्था नरहेको बताए ।अब पार्टीमा २० प्रतिशत क्रियाशील सदस्य आफ्ना उम्मेदवारलाई भोट हाल्ने अवस्था सिर्जना देखिएकाे छ । किन की हाम्राे कारणले भाेलीका दिनमा जनाता टाढीना सकने देखिएकाे छ अदालतकाे निर्णय पनि हामीले पर्खनुपर्दछ । पत्रिकाले लेखेको कुराको आधारमा पार्टीलाई हित गर्दैन,’ साउदले भने ।