१० साउन काठमाडाै । च्याटबट च्याटजीपीटी एन्ड्रोइडमा उपलब्ध भएको छ । यसअघि एपस्टोरमा आइसकेको एप गुगल प्लेस्टोरमा ‘कमिङ सुन’मा राखिएको थियो ।एन्ड्रोइडमा एप आइसकेको भए पनि सुरुवाती चरणमा सबै प्रयोगकर्ताले प्रयोग गर्न पाउने छैनन् ।
अमेरिका, भारत, ब्राजिल र बङ्गलादेशका एन्ड्राेइड प्रयाेगकर्ताले मात्र पहिलाे चरणमा च्याटजीपीटी चलाउन पाउनेछन् ।यी देशमा हुने प्रयोगकर्ताले यहाँ क्लिक गरी याे एप एन्ड्रोइडमा डाउनलोड गर्न सक्नेछन् । ओपनएआईका अनुसार आगामी हप्ता अन्य देशबाट पनि एप डाउनलोड गर्न सकिनेछ ।अमेरिकामा पहिलो पटक आईओएसमा उपलब्ध भएको यो एप त्यसको करिब एक सातापछि विश्वभर आईओएसमा सार्वजनिक भएको थियो ।अन्य देशहरूबाट भने प्लेस्टोरमा रहेको ओपनएआईको एप रजिस्टर गर्न सकिन्छ ।