Logo

बुधवार, श्रावण १३ गते २०८३

लुम्बिनी विकास बैंकको प्रतिशेयर आम्दानीसँगै नाफा घट्यो

लुम्बिनी विकास बैंकको प्रतिशेयर आम्दानीसँगै नाफा घट्यो

जोईन खबर

१२, श्रावण २०८०
  • 835
    SHARES
  • लुम्बिनी विकास बैंकको प्रतिशेयर आम्दानीसँगै  नाफा घट्यो

    १२ साउन काठमाडाैँ। लुम्बिनी विकास बैंक लिमिटेड (LBBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ६१ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.८८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६३ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।इम्पेरमेन्ट चार्ज बढेपछि बैंकको खुद नाफा सामान्य घट्न पुगेको हो।

    images

     बैंकको खुद ब्याज आम्दानी २२.३१ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ०.११ प्रतिशत बढेको छ। बैंकको कुल सञ्चालन आम्दानी १९.५८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ७.७० प्रतिशत घटेको छ। निष्क्रिय कर्जा बढेर ३.०१ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज ४० करोड पुगेपछि बैंकको सञ्चालन मुनाफा घट्न पुगेको हो। असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३९ करोड २७ लाख रुपैयाँ रहेको छ।असार मसान्तसम्ममा ३ अर्ब ३८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ७७ करोड रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा बैंकले ४९ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरी ४१ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

    png.png

    प्रकाशित मिति :श्रावण १२, २०८० शुक्रवार - १३:४०:१६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको