Logo

मंगलवार, श्रावण १२ गते २०८३

आज बस्ने मन्त्रिपरिषद् बैठकमा शिक्षा ऐनको मस्यौदा पेश हुने ,मन्त्रिपरिषद्ले पारित गर्ने

आज बस्ने मन्त्रिपरिषद् बैठकमा शिक्षा ऐनको मस्यौदा पेश हुने ,मन्त्रिपरिषद्ले पारित गर्ने

जोईन खबर

१६, श्रावण २०८०
  • 1.7K
    SHARES
  • आज  बस्ने मन्त्रिपरिषद् बैठकमा शिक्षा ऐनको मस्यौदा  पेश हुने ,मन्त्रिपरिषद्ले पारित गर्ने

    १६ साउन काठमाडाै । आज मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकमा  संघीय शिक्षा ऐनको मस्यौदा  पेश हुने भएको छ ।ऐनको मस्यौदा पेश हुने र मन्त्रिपरिषद्ले पारित गर्ने भएकाे छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तर्फबाट तयार पारेर मन्त्रिपरिषद्कै बैठकमा    मस्यौदा मंगलबार पेश हुने शिक्षा मन्त्रालय स्रोतले बताएकाे हाे । 

    images

     मन्त्रिपरिषद् बैठकले मस्यौदा पारित गर्ने र आवश्यक छलफल र पारितका लागि संघीय संसदमा पेश हुनेछ । यसअघि तत्कालिन शिक्षामन्त्री देवेन्द्र पौडेलले मस्यौदा मन्त्रिपरिषद् पेश गरेका थिए ।पौडेलपछिका दुई शिक्षामन्त्रीले मस्यौदामा आवश्यक संशोधन गरेका थिए । तत्कालिन शिक्षामन्त्री शिसिर खनालले आवश्यक परिमार्जन गरेर मात्र अघि बढाउने बताएका थिए । वर्तमान शिक्षामन्त्री अशोककुमार राईले मस्यौदालाई अध्ययन गरेर परिमार्जनगर्ने भएका थिए ।

     
     

    प्रकाशित मिति :श्रावण १६, २०८० मंगलवार - ११:४६:५५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको