Logo

बुधवार, श्रावण १३ गते २०८३

नेपाल वायुसेवा निगमले अनलाइनबाट टिकट काट्ने

नेपाल वायुसेवा निगमले अनलाइनबाट टिकट काट्ने

जोईन खबर

२०, माघ २०७९
  • 697
    SHARES
  • नेपाल वायुसेवा निगमले अनलाइनबाट टिकट काट्ने

    नेपाल एयरलाइन्सका टिकट अनलाइनबाटै

    NepalAirlines_20221112154556.jpg

    images

    काठमाडौं : नेपाल वायुसेवा निगमले अनलाइनबाट टिकट काट्ने व्यवस्था सुरु गरेको छ । निगमका अनुसार अब यात्रुले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानका टिकटका अनलाइनमार्फत् काट्न सक्ने भएका छन् । 
    'नेपाल वायुसेवा निगमले यात्रुहरुको सहजताका लागि हाललाई ई–सेवाबाट पूर्णरुपमा सर्वसुलभ हुने गरी आन्तरिक र अन्तर्राष्ट्रिय हवाई टिकट काट्न सक्ने प्रबन्ध गरेको छ,'निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

    निगमले आगामी दिनमा अन्य वालेट तथा वेवसाइटमार्फत् पनि टिकट काट्ने व्यवस्था मिलाइने बताएको छ । निगमले दुर्गमरविकट क्षेत्रका जनतालाई आन्तरिक उडान सेवा प्रवाहको प्राथमिकतामा राखेको बताएको छ । 

    “आन्तरिकतर्फ उडान हुने विमानको उपलब्ध सिट संख्या १९ भए पनि विमानको यात्रु बोक्ने क्षमतामा उडान गन्तव्यको मौसम,इन्धनको उपलब्धता, विमानको प्राविधिक क्षमता लगायतका विविध कारणहरूले प्रभाव पार्ने हुँदा बिक्री गर्न सकिने सिट संख्यामा स्वतः परिवर्तन हुने जानकारी गराइन्छ,'जारी विज्ञप्तिमा भनिएको छ । 

    Press-Release-Page-1_20230203142827.jpg

     

    प्रकाशित मिति :माघ २०, २०७९ शुक्रवार - १५:४६:४९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको