१७ साउन काठमाडाै । नेकपा (माओवादी केन्द्र) आफ्ना साढे सात लाख कार्यकर्ता रहेको पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेका हुन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधवारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदनमा ७ लाख ५२ हजार ९५६ जना माओवादी कार्यकर्ता रहेको उल्लेख गरिएको छ।
माओवादी कार्यकर्ता सबैभन्दा धेरै बागमती प्रदेशमा रहेएकाे बागमतीमा १ लाख ४७ हजार ५५३, मधेशमा १ लाख १६ हजार ९७५, लुम्बिनीमा १ लाख १२ हजार ९१०, कोशीमा ९९ हजार ६०१, कर्णालीमा ८५ हजार ७७४, सुदूरपश्चिममा ८० हजार ४८२, सम्पर्क समितिहरूमा १९ हजार ३१२, उपत्यकामा १८ हजार ३२५ र प्रवासमा ५ हजार ५३७ जना कार्यकर्ता छन्।