
काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एसका नेता घनश्याम भुसाल सवारी दुर्घटनामा पर्नुभएको छ। उहाँको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
आफैंले चलाएको गाडी डिभाइडरमा ठोक्किएपछि घाइते हुनुभएका भुसालको सिभिल अस्पतालमा उपचार भइरहेको छ । उहाँको अवस्था सामान्य रहेको छ ।
नयाँ बानेश्वरको बेकरी क्याफे अगाडिको डिभाइडरमा भुसालले चलाएको बा १६ च १३८४ नम्बरको गाडी ठोक्किएको थियो ।